२४ मंसिर २०७८, शुक्रबार

काठमाडौं । नेकपा (माले)का महासचिव सीपी मैनालीले सरकारले न्यायापालिकासँग भागवण्डा गरेर शासन चलाइरहेको बताएका छन् । नेपाली कांग्रेसको १४औं महाधिवेशन उद्घाटन समारोहमा बोल्दै मैनालीले सरकारले न्यायापालिकासँग भागवण्डा गरेर शासन चलाइरहेको आरोप लगाएका हुन् ।

त्यस्तै उनले कार्यकारीसँग भागवण्डा गरेर न्यायपालिकाले दिने न्याय कति निस्पक्ष होला ? भन्दै प्रश्नसमेत गरेका छन् । उनले भनेका छन्, ‘संसदीय व्यवस्थामा सत्तापक्षले प्रमुख प्रतिपक्षसँग अनि न्यायपालिकासँग भागबण्डा गरेर शासन चलाइरहेको छ ।’

यसका साथै उनले मुलुकको व्यवस्थापिका गतिरोधमा फसेको बताउँदै प्रमुख प्रतिपक्ष सभामुखले न्याय नदिएको भनेर अवरोध गरिरहेको र त्यसको कारण पनि जायज रहेको बताए ।

उनले भनेका छन्, ‘प्रमुख प्रतिपक्ष सभामुखले न्याय दिएनन् भनेर अवरोध गरिरहेको छ । कारण ठीकै हो । कारबाही गर्ने ठाउँछ । त्यो सम्वन्धित पार्टीको कुरा हो ।’

 

प्रतिक्रिया दिनुहोस्

LIVE TV