२३ मंसिर २०७८, बिहीबार

सर्लाही। भारत सरकारको आर्थिक सहयोगमा दुईवटा नयाँ विद्यालय भवनको उद्घाटन गरिएको छ । बिहीबार सर्लाही जिल्लाको पिपरिया, कविलासी–२ स्थित श्री बाल गोविन्द जनता उच्च माध्यमिक विद्यालय र नेत्रगंज, लालबन्दी–१ स्थित श्री जनता उच्च माध्यमिक विद्यालयको एकसाथ उद्घाटन गरिएको हो ।

श्री बाल गोविन्द जनता उच्च माध्यमिक विद्यालयको भवन निर्माण लागत ६९ लाख ४ हजार रुपैयाँ र श्री जनता उच्च माध्यमिक विद्यालयको भवन निर्माण लागत १ करोड ५९ लाख रुपैयाँ रहेको छ ।

भारतीय राजदूतावासका नियोग उप–प्रमुख नामग्य खम्पा

नयाँ विद्यालयको भवनहरुको उद्घाटन भारतीय राजदूतावासका नियोग उप–प्रमुख नामग्य खम्पाले गरेकी थिइन् । उद्घान कार्यक्रममा स्थानीय प्रतिनिधि, जिल्ला समन्वय समितिका अधिकारी, विद्यालय व्यवस्थापन समिति र स्थानीयबासीको उपस्थिति रहेको थियो ।

श्री बाल गोविन्द जनता उच्च माध्यमिक विद्यालयको स्थापना सन् १९६० मा भएको हो भने श्री जनता उच्च माध्यमिक विद्यालयको स्थापना सन् १९६२ मा भएको हो ।

यस क्षेत्रका यी दुवै विद्यालयहरुमा प्राथमिक शिक्षाको मात्र सुविधा थियो । तर, पछि प्राथमिकबाट माध्यमिक तहमा रुपान्तरण भएको थियो । हाल नेत्रगंजस्थित श्री जनता उच्च माध्यमिक विद्यालयले व्यवस्थापन र प्राविधिक शिक्षा अध्यापन गराइरहेको छ ।

यस क्षेत्रमा घनाबस्ती भएकाले बालबालिकाको शैक्षिक आवश्यकताहरू पूरा गर्न हालका पूर्वाधार अपर्याप्त छन् । नयाँ विद्यालय भवनले दुर्गम क्षेत्रमा अध्ययनका लागि राम्रो वातावरण सिर्जना गर्नुका साथै जिल्लाको शैक्षिक विकासमा समेत योगदान पु¥याउने विश्वास लिइएको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV