२३ मंसिर २०७८, बिहीबार
  • विजय साह,

धनुषा । धनुषाको बटेश्वरमा आयोजित राष्ट्रिय कबड्डी प्रतियोगितामा प्रदेश २, बाग्मति र सुदूरपश्चिम प्रदेशले विजयी सुरुवात गरेका छन् । बटेश्वर गाउँपालिकाको सहयोग र शिवशक्ति युवा क्लबको आयोजनामा ‘बटेश्वर गाउँपालिका अध्यक्ष कप राष्ट्रिय कबड्डी प्रतियोगिता–२०७८’ अन्तर्गत बिहीबार भएको उद्घाटन खेलमा प्रदेश २, बाग्मती र सुदुरपश्चिम प्रदेश विजयी सुरुवात गरेका गरेका हुन् ।

निर्धारित समयसम्म भएको पहिलो खेलमा प्रदेश २ ले प्रदेश १ का विरुद्ध विजयी भए । खेलमा विजयी टिम प्रदेश २ ले ४९ पराजित टिम प्रदेश १ ले २२ अङ्क प्राप्त गरेका थिए । यसैगरी प्रतियोगिताको दास्रो खेलमा बाग्मती प्रदेश विजयी भए । गण्डकी प्रदेशको ३१ अङ्क विरुद्ध ५४ अङ्क ल्याएर फराकिलो जित हात पा-यो ।

बिहीबार नै भएको तेस्रो खेलमा सुदूरपश्चिम प्रदेश विजयी प्राप्त गरेका छन् । सुदुरपश्चिम प्रदेशले लुम्बिनी प्रदेशलाई २७–४६ अङ्क ल्याएर सुदूरपश्चिम प्रदेश प्रतियोगितमा जित निकाले छन् । लिग चरणमा खेलाइएको यस प्रतियोगितामा देशको ७ वटै प्रदेशको महिला कबड्डी टिमले भाग लिएका छन् ।

प्रतियोगिताको उद्घाटन पूर्वमन्त्री तथा प्रतिनिधि सभासदस्य जुलिकुमार महतोले गरे । प्रतियोगितमा प्रथम हुने टिमलाई १ लाख पाँच सय ५, द्वितीयलाई ५० हजार पाँच सय ५ र तृतीयलाई २५ हजार पाँच सय ५ पुरस्कार प्राप्त गर्नेछन् ।

आयोजक समितिका सञ्योजक जीवन भुजेलले प्रतियोगिताको अवधिभर बेस्ट रेडर, बेस्ट डिफेन्डर र प्रत्येक खेलमा एक जनालाई खेलाडीलाई म्यान अफ द म्याच घोषणा गरी पुरस्कार प्रदान गरिने बताए ।

प्रतियोगिता यही मङ्सिर २३ गतेदेखि २५ गतेसम्म चल्नेछ । प्रतियोगितामा कुल १५ लाख खर्च अनुमान गरिएको आयोजक समितिका संयोजक भुजेलले भने ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV