२३ मंसिर २०७८, बिहीबार

काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशनको उद्घाटनको तयारी पूरा भएको छ । शुक्रबार (भोलि)बाट सुरु हुने महाधिवेशनको उद्घाटनको मञ्च निर्माण लगाएतका पूर्वाधारका काम सम्पन्न भएसकेका छन् ।

सजावटका केही काम मात्र बाँकी रहेको कांग्रेसले जनाएको छ । कांग्रेसको महाधिवेशनको उद्घाटन सत्र काठमाडौंको प्रदर्शनीमार्गस्थीत भृकुटिमण्डपमा हुदैछ ।

मञ्चमा स्वदेश तथा विदेश सत्कारका साथै पार्टीका नेताहरुलाई व्यस्थापन गर्नका लागि छुट्टै तयारी गरिएको छ । भृकुटिमण्डप परिसर वरपर कांग्रेस पार्टीको झण्डा राखिएको छ ।

त्यस्तै महाधिवेशनमा विभिन्न पदमा उम्मेदवारी दिनेहरुको पर्चा र पम्प्लेटले वरपरका क्षेत्र ढाकिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV