२३ मंसिर २०७८, बिहीबार

काठमाडौं । ग्राहकहरुको बढ्दो आवश्यकताको लागि उच्च–गुणस्तरको उच्च स्पीड भएको इन्टरनेट सेवा प्रदान गर्ने उद्देश्य पूरा गर्नका लागि भायानेटले ‘अल्ट्रा–फाई’ लाइनका प्रोडक्टहरु ल्याएको छ । यस अफरले प्रयोगकर्ताहरुलाई न्यूनतम मूल्यमा उच्चतम इन्टरनेट स्पीड दिने इन्टरनेट प्लान प्रदान गर्ने भएको छ ।

अल्ट्रा–फाई अन्तर्गत भायानेटले १२५ एमवीपीएस, १७५ एमवीपीएस र २५० एमवीपीएसको तीन वटा प्लान ल्याएको छ । यस सिरिजको मुख्य प्लान १७५ एमवीपीएसको इन्टरनेट रहेको छ, जुन २ वटासम्म भायाटिभी सदस्यताको साथ आउने बताइएको छ ।

यस सेवाका वार्षिक सदस्यता लिँदा प्रति महिना मात्र रू. १२५० पर्न आउँछ । यसका साथै भायानेटले निःशुल्क इन्टरनेट जडान, निःशुल्क पहिलो सेट–टप–बक्स र सबै प्याकेजहरुमा १००० रिवार्ड अंक प्रदान गर्ने भएको छ, जसको कारण अल्ट्रा–फाई सबैभन्दा आकर्षक इन्टनेट प्लानमध्ये एक बनेको कम्पनीकोदाबी छ ।

सर्वोत्कृष्ट डिजिटल अनुभव प्रदान गर्ने आफ्नो लक्ष्यप्रति निरन्तर अघि बढिरहेको भायानेटले नयाँ ब्याण्डविथ सपोर्ट गरेर आफ्नो संरचनालाई अपग्रेड गर्नको लागि नोकिया र सी–डाटासँग अपग्रेडेड साझेदारी गरेर डुअल ब्राण्ड ONUs- अप्टिकल नेटवर्क युनिट प्रदान गरिरहेको छ ।

भायानेटका अनुसार अहिले भायानेटले प्रदान गरिरहेको ONUs- मेश सपोर्ट गर्न सक्षम छ र चाँडै नै आफ्नो ग्राहकहरुको लागि किफायती मेश वाईफाई ल्याउँदै छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV