२३ मंसिर २०७८, बिहीबार
  • महेश्वर के.सी.

काठमाडौं । नेपालीका कांग्रेसका नेता गगनकुमार थापाले पार्टीको १४ औँ महाधिवेशनमा महामन्त्री पदका लागि उम्मेदवार दिएका छन् ।

बिहीबार नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा महामन्त्रीमा थापाले उम्मेदवारको घोषणा गरेका हुन् । अघिल्लो अधिवेशनमा कृष्ण सिटौला समूहलाई समर्थन गरेका थापाले अहिलेको १४ औँ महाधिवेशनमा सिटौला समूहको साथ छाडेर उम्मेदवारको घोषणा गरेका छन् ।

उम्मेदवार घोषणा कार्यक्रममा थापाले प्रतिपक्षमा भूमिकामा हुनुपर्ने कांग्रेस कसरी सत्तारुढ भयो र सोचेका सपना अधुरा भए भन्नेबारेमा विश्लेषण गरेका छन् । थापाले कांग्रेसमा ऊर्जा हुँदाहुँदै त्यसबाट चुक्नुपरेको र चुकेको ठाउँ र प्वाँललाई कांग्रेसले टाल्न सक्ने पनि बताए ।

२०७४ सालमा दुई कम्युनिष्ट पार्टी मिलेर बहुमतका साथ सरकार बनाएर केपी शर्मा ओलीलाई प्रधानमन्त्री बनाएर शुभकामना दिँदा मनमा थुप्रै कुरा खेलेको पनि थापाले बताएका छन् ।

थापाका अनुसार कम्युनिष्ट सरकारले देश चलाउने ५ वर्षको अवधिमा खराब प्रवृत्तिविरुद्ध उत्रने, राम्रो कामको समर्थन गर्ने र २०७९ को चुनावमा कम्युनिष्ट सरकारको भन्दा उत्कृष्ट काम गर्ने गरौँला सोचेको थिए ।

साथै, संसदको रोष्टममा उभिएर ओलीलाई बधाई दिँदै राम्राका कामको सानदार समर्थन र गलत काममा सधैँ प्रश्न भनेर आफूले भनेको त्यो क्षण पनि थापाले सम्झिए । तर, समय फेरिएर कांग्रेस सत्तामा पुगेको र परिवेश फेरिएको पनि थापाले बताए ।

‘अहिले २०७८ मंसिर । आगामी चुनाव २०७९ मा । त्यतिन्जेलसम्म नेपाल कम्युनिष्ट पार्टीले सरकार चलाइरहेको हुन्थ्यो । ६ प्रदेशमा उस्को सरकार र अर्काे एउटामा अर्को दलको सरकार । हामी प्रतिपक्षमा हुन्थ्यो । यतिबेला हामी भनिरहेका हुन्थ्यो–०७९ मा चुनाव हुन्छ, चुनावमा नेकपाभन्दा राम्रो काम गरेर चुनाव जित्नुपर्छ भन्थ्यो । र, त्यस्तै चाहन्थ्यौँ तर, भएन,’ उनले भने ।

तर, ओलीको अहंकारले सोचेजस्तो नभएको पनि उनले बताएका छन् । ‘आज हाम्रो पार्टीको सभापति शेरबहादुर देउवा प्रधानमन्त्री हुनुहुन्छ । उहाँले पनि यहीँ चाहनुहुन्थ्यो कि नेपालमा नेकपाकै सरकार रहेर यो अवधिको सदुपयोग र हामी प्रतिपक्षमा । सबैले यहीँ चाहन्थ्यो,’ उनले भने, ‘तर, हामीले नचाहँदा नचाहँदै यस्तो भयो । ओलीको अहंकारले हाम्रो पुस्ताले दयनिय अवस्था भोग्नुपरेको छ । अदालत हेर्नुस्, दल टुटेको हेर्नुस् ।’

अन्तमा थापाले आफूलाई मत हाले पनि नहाले पनि गलत व्यक्तिलाई भोट हालिएछ भन्ने दिन आउन नदिने बताएका छन् । साथै, अहिलेको नेताले भन्दा तन्नेरी साथीहरुलाई काम गर्ने मौँका चाँडो चाँडो दिने पनि उनले बताए ।

 

प्रतिक्रिया दिनुहोस्

LIVE TV