२३ मंसिर २०७८, बिहीबार

काठमाडौं । ‘गुन्डा नाइके’ अभिषेक गिरीलाई मोरङ कारागारको चौकीदार (पाले)को जिम्मेवारी दिइए पछि अरु कैदबन्दीहरुले त्यसविरुद्ध प्रदर्शन गरेका छन् ।

अपहरण तथा शरीर बन्धक मुद्दामा दुई हप्ता मात्र पक्राउ परेका गिरीलाई सप्तरी कारागारबाट मोरङ कारागार ल्याएर पाले बनाइएपछि कैदबन्दीहरुले त्यसविरुद्ध विरोध गरेका हुन् ।

मोरङ कारागार प्रशासनले गिरीलाई चौकीदार सरह काम गर्ने गरी जिम्मेवारी दिएको छ । जेलर महेन्द्रसिंह खड्काले गिरीलाई चौकीदार सरह काम गर्ने जिम्मेवारी प्रदान हुन् ।

अन्य कैदीबन्दीहरुले भने गिरीलाई विराटनगर यहाँ आउन नदिन भन्दै प्रदर्शन गरेका थिए । गिरीलाई यसअघि कात्तिक १६ गते बिहान पहिलो पटक विराटनगर ल्याइएको थियो । त्यतिबेला पनि कैदीबन्दीले प्रदर्शन गर्दै उनलाई प्रवेश गर्न दिएका थिएनन्।

कैदीबन्दीले गिरीलाई कारागार प्रवेश गर्न नदिएपछि कारागार व्यवस्था विभागले गिरीलाई सप्तरी कारागार नै लगेको थियो । तर, सप्तरी गएको १७ दिनमै कांग्रेस नेताहरूको दबाबमा उनलाई मोरङ सरुवा गरिएको छ ।

गिरीलाई मोरङमा ल्याउनुअघि गिरीविरुद्ध उत्रने चौकीदारसहित दर्जन बढीको सरुवा गरिएको थियो । साथै, गिरीले यसअघि पनि मोरङ कारागारमा चौकीदारको जिम्मेवारी लिइसकेका छन् ।

उनी मोरङ चौकीदारको रूपमा रहँदा बजार क्षेत्रमा गुण्डागर्दी, फिरौती तथा असुलीको धन्दा चलाएको र कैदीबन्दीलाई यातना दिएको गुनासो आएपछि २०७४ साल चैत २३ गते डिल्ली बजार कारागार ल्याइएको थियो ।

त्यसलगत्तै कांग्रेस सभापति शेरबहादुर देउवाको नेतृत्वमा नयाँ सरकार बनेसँगै उनी पुनः मोरङ फिर्ता हुन सफल भएका हुन् ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV