२३ मंसिर २०७८, बिहीबार
  • महेश्व के.सी.

काठमाडौं । ट्राफिक नियम उल्लंघन गरेबापत तिर्नुपर्ने जरिवाना रकम अब तत्कालै तिर्न सकिने भएको छ ।

प्रहरीले प्रविधिमा आधारित ‘पे फाइन अन द स्पोर्ट इन्स्ट्यान्ट पेमेन्ट सिस्टम’ व्यवस्था आजबाट लागू गरेको हो । बिहीबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमार्फत उक्त सिस्ट लागू गरिएको ट्रफिक प्रहरीले जानकारी दिएकाे हाे ।

वरिष्ठ प्रहरी उपनिरिक्षक जनक भट्टराईका अनुसार ट्राफिक प्रहरीले कारबाहीमा परेका सवारीचालकको अनुमतिपत्र र व्लुबुक नियन्त्रणमा लिएपनि तत्कालै जरिवाना तिरेपछि फिर्ता दिइने छ ।

कोरोना महामारी अझै रहेकाले यो सिस्टम प्रभावकारी हुने भट्टराईले बताउनुभयो । अनलाइन वा क्युआरबाट सकैले फिल्डमा नै जरिवाना तिरे त्यतिखेरै इन्ट्री हुने उहाँले बताउनुभयो ।

‘अहिलेसम्म फोनमा पाँचवटा मात्रै त्यो एप डाउनलोड गरिएको छ । अब त्यो पाँचवटा मोबाइलबाट हामी कसैलाई जरिवाना गर्दै छौँ भने त्यतिखेरै हामी इन्ट्री गर्छौँ । डिजिटल इन्ट्री फिल्डमै हुन्छ । अब पहिलाको जस्तो काजगपत्र अफिसमा ल्याएपछि मात्रै इन्ट्री हुने सिस्टम हटेर अन द स्पोर्ट इन्ट्री गर्ने छौँ’, उहाँले भन्नुभयो, ‘चालकले अनलाइन र क्युआरबाट तिर्न सक्नुहुन्छ । त्यसरी तिर्नु भयो भने त्यो पनि तत्कालै सिस्टममा आइहाल्छ ।’

 

 

प्रतिक्रिया दिनुहोस्

LIVE TV