२३ मंसिर २०७८, बिहीबार

काठमाडौँ । नेपाली कांग्रेसको महाधिवेशन नजिकै आइपुग्दा संस्थापनइतर समूहले सभापतिमा एकल उम्मेदवार तय गर्ने प्रयास थालेको छ । संस्थापन पक्षविरुद्ध एक जनामात्रै उम्मेदवार बनाउने प्रयासस्वरुप संस्थापनइतरले दुईवटा समिति गठन गरेको छ ।

आज बिहान बसेको संस्थापनइतर समूहका केन्द्रीय सदस्यहरुको बैठकले प्रकाशमान सिंह र डा. शेखर कोइरालासँग छलफल गर्न उक्त समिति बनाएको हो ।

डा कोइरालासँग छलफल गर्न गगन थापा, धनराज गुरुङ र चन्द्र भण्डारीको समितिको बनाइएको छ भने सिंहसँग छलफल गर्नका लागि महेश आचार्य, अर्जुन नरसिंह केसी र बलबहादुर केसीको समिति बनाइएको छ । समितिले दुवै पक्षसँग छलफल गरेर एकल साझा उमेदवार बनाउने प्रयास थालेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV