२३ मंसिर २०७८, बिहीबार

काठमाडौँ । सनसिल्क दशैँ भाइब्स अन्तरगत सनसिल्क ग्याङ्ग अफ गर्ल्स  कन्टेस्टका विजेता घोषणा गरिएको छ । दशैँको बेला सुरु गरिएको उक्त कन्टेस्टका विजेता यही मंसिर २२ मा घोषणा गरिएको हो ।

मेरियट होटेलमा भएको ग्रान्ड फिनालेमा आशिना देउला, ललाना चिमरिया र प्रतिमा कार्की  ‘सनसिल्क ग्याङ्ग अफ गर्ल्स’ बन्न सफल भए । कन्टेस्टका विजेता बनेका उनीहरुले रु १ लाख जित्न सफल भएका छन् ।

‘नेपाली नारीहरुका लागि दशैँको समय निकै व्यस्त हुने गर्दछ । तर जति नै व्यस्त रहे पनि नारीहरु यस दस चाडबाडमा राम्रो श्रृंगार गर्न चाहन्छन्,’ आयोजक सनसिल्क नेपालद्वारा जारी विज्ञप्तीमा भनिएको छ, ‘दशैँमा हुने सबै रिती रिवाजहरुका बिचमा सनसिल्क नेपालले सनसिल्क दशैँ भाइभ्स कन्टेस्टद्वारा आफ्ना ग्राहकहरुको जीवनसँग जोडिने एउटा अवसर देख्यो ।’

सोही अनुसार सञ्चालित उक्त कन्टेस्ट १४ सेप्टेम्बरदेखि २३ अक्टोबरसम्म चलेको थियो । त्यसमा सहभागीहरुले आफ्ना ‘दशैँ भाइब’को आकर्षक हेयर (कपाल) स्टाइल दर्शाउनुपर्ने थियो । सहभागीमध्ये तीन जना विजेताहरुले प्रिज्मा र प्रिन्सीका साथमा सनसिल्क ग्याङ्ग अफ गर्ल्सको अनुहार बन्ने र रू १ लाख जित्ने मौका दिइएको थियो ।

कन्टेस्टमा कुल २ हजार ८५४ जना सहभागी भएको सनसिल्क नेपालले जनाएको छ । सबै सहभागीमध्ये १५० जना देस्रो चरणका लागि चयन भएको र उनीहरुले अर्को एउटा भिडियो बनाएको बताइएको छ । जसमा आफूलाई साधारणबाट सनसिल्क दामी लुकमा परिवर्तन गर्नुपर्ने थियो । उक्त भिडियाेहरू टिकटक लगायत माध्यमबाट निकै चर्चित भएकाे आयोजककाे दाबी छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV