२३ मंसिर २०७८, बिहीबार

एजेन्सी । इटालियन क्लब युभेन्ट्स समूह विजेता बन्दै च्याम्पियन्स लिगको नकआउट चरणमा प्रवेश गरेको छ । गएराति भएको खेलमा स्वीडिस क्लब माल्मोलाई १–० ले पराजित र चेल्सी बराबरीमा रोकिएपछि युभेन्ट्स समूह ‘एच’ को विजेता बनेको हो ।

घरेलु मैदानमा युभेन्ट्सको जितमा मोइस किनले पहिलो हाफमा गरेको गोल नै निर्णायक बन्यो । उनले १८औं मिनेटमा फेडरिको बर्नरडेस्चीको पासमा हेडमार्फत गोल गरेका थिए ।

यो जितसँगै समूह विजेता बनेको युभेन्ट्सले ६ खेलबाट १५ अंक जोड्यो । पराजित माल्मो १ अंक जोडेर पुछारमा रह्यो ।

यही समूहको अर्को खेलमा चेल्सीले रसियन क्लब जेनिथ सेन्ट पिटर्सवर्गसँग ३–३ गोलको बराबरी खेल्दै अंक बाड्दा समूह उपविजेता बनेको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV