२२ मंसिर २०७८, बुधबार

काठमाडौं । मंगलबार नेपाली कांग्रेसको वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले बुधबार साँझसम्म पार्टीको १४ औँ महाधिवेशनमा अध्यक्षको उम्मेदवारी तय गर्ने भने पनि सहमति जुट्न सकेन ।

पार्टीको वर्तमान महामन्त्रीसमेत रहेका डा. शशांक कोइरालाले पौडेललाई सभापति पद छाड्न तयार भए पनि अध्यक्षका आकांक्षीद्वय प्रकाशमान सिंह र डा. शेखर कोइरालाले आफ्नो अडान यथावत राख्दा सहमति हुन सकेन ।

अध्यक्षको उम्मेदवारी तय गर्न चार दिनदेखि निरन्तर छलफलमा रहेको पौडेल समूह बुधबार साँझ सिंह निवास चाक्सीबारीमा बृहत छलफलमा जुटेको थियो । तर, उम्मेदवारी चयन हुन नसकेपछि भोलि बिहीबार बिहान पुनः बैठक बस्नेगरी छलफल टुंग्याइएको छ ।

भोलि तीनमध्ये एक उम्मेदवार छान्ने भनिए पनि त्यो सम्भव नदेखिएको बताइएको छ । महामन्त्री डा. शशांक कोइराला मंगलबारै अध्यक्षको दाबेदारबाट हटेर पौडेललाई छाड्ने भने पनि सिंह र शेखर कोइरालाले त्यो मान्न तयार भएका छैनन् ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV