२२ मंसिर २०७८, बुधबार

सिरहा । जिल्ला सरकारी वकिल कार्यालय सिरहाका जिल्ला न्यायाधीवक्ता सन्तोष प्रसाद भण्डारीले न्यूज २४ कर्मीमाथि दूव्र्यवहार गरेका छन् । ज्यान मार्ने उद्योग मुद्दाका आरोपी मिर्चैया नगरपालिकाका मेयर श्रवण कुमार यादव ३० हजार धरौटीमा रिहा भएका थिए ।

सोही विषयमा रिपोटिङ गर्न मंगलबार सरकारी वकिल कार्यालय पुगेका सिरहास्थित टिभी जर्नलिष्ट दिलिप सहनीमाथि दूव्र्यवहार भएको हो । जिल्ला न्यायाधीवक्ता भण्डारीले टिभी जर्नलिष्ट सहनीलाई दूव्र्यवहार गर्दै सूचना दिन आनाकानी मात्रै गरेनन्, सहनीलाई थुन्नका लागि प्रहरी नै बोलाए ।

उनले बोलाएको केही बेरमै प्रहरी पनि कार्यालयमा टिभी जर्नलिष्ट सहनीलाई थुन्न तैनाथ भयो । ज्यान मार्ने उद्योग मुद्दा चलाइएका मेयर यादवलाई सोमबार जिल्ला अदालत सिरहामा चलेको थुनछेक बहसमा उनलाई धरौटी रकम राखेर रिहा गर्न जिल्ला अदालतले निर्देशन दिएको थियो ।

तर, उनलाई पक्राउ गर्न पूर्जीसमेत दिइएको भएपनि प्रहरीले पक्राउसमेत नगरी रिहा गरिएपछि सर्वत्र आलोचना भइरहेको छ । त्यसमाथि सरोकारवालाले यसरी सूचना दिनसमेत आनाकानी गर्नु र उल्टै पत्रकारमाथि दूव्र्यवहार गर्नुले थप शंका पैदा भएको छ ।

यस घटनाप्रति नेपाल पत्रकार महासंघ जिल्ला कार्य समिति सिरहाले घटनाको घोर भत्र्सना गर्दै प्रेस विज्ञप्ति जारी गरेको छ । घटनाप्रति गम्भीर भई सम्बन्धित सरोकारवाला नियामक निकायले घटनाको सत्यतथ्य छानविन गरी दोषी उपर कडा कारवाहीको माग गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV