२२ मंसिर २०७८, बुधबार

काठमाडौं । प्रधानमन्त्री एवं नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टी प्रवक्ता विश्वप्रकाश शर्मालाई पार्टीको १४ औँ महाधिवेशनमा सह-महामन्त्री पदको उम्मेदवार बन्न प्रस्ताव गरेका छन् ।

बुधबार बूढानीलकण्ठस्थित निजी निवासमा
आफूनिकट नेताहरूसँगको छलफलका क्रममा शर्मालाई खस आर्यबाट सह-महामन्त्रीको उम्मेदवार बनाउने प्रस्ताव गरेका हुन् ।

खस आर्य समूहसहित विभिन्न समूहबाट सह–महामन्त्रीमा ८ जना निर्वाचित हुने कांग्रेसको विधानमा भनिएको छ । खस आर्य समूहमा शर्मासँगै देउवा समूहका मोहनबहादुर बस्‍नेत, गोविन्द भट्टराई र रमेश लेखक पनि दाबेदारी रहेका छन् ।

तर, सभापति देउवाले भने शर्मालाई नै छनौट गरेका छन् । देउवाले दलिततर्फबाट सहमहामन्त्रीमा मीन विश्वकर्मा र मानबहादुर विश्वकर्मामध्ये एक जना उम्मेदवारी बन्न प्रस्ताव गरेका छन् ।

जनजातीतर्फको सहमहामन्त्रीमा बहादुरसिंह लामा, सीता गुरुङ, भिष्मराज आङ्गदाम्बे र चीनकाजी श्रेष्ठ दाबेदारी रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV