२२ मंसिर २०७८, बुधबार

काठमाडौं । नेपाली कांग्रेसको संस्थापन इतर समूह सभापतिमा साझा उम्मेदवार तय गर्न सहमति नजिक पुगेको छ ।

सभापतिमा साझा उम्मेदवार तय गर्न बुधबार बिहान काठमाडौमा आयोजित पदाधिकारीसहित जिल्ला सभापति रपूर्वसभापतिहरुसहितको भेलामा सभापतिमा साझा उम्मेदवार तय गर्नका लागि समहती नजिक पुगेको बैठकपछि कांग्रेसका नेता अजुर्ननरसिंह केसीले जानकारी दिए ।

साझा उम्मेदवार तय गर्न वरिष्ठ नेता रामचन्द्र पौडेल र शशांक कोइलारा सभापतिमा दाबी छोड्न तयार रहेको भेलामा जानकारी गराएको नेता केसीले बताए ।

सो समूहको बैठक आजै दिउँसो ३ बजे नेता प्रकाशमान सिंह निवास चाक्सीबारीमा बस्ने जनाइएको छ । यसअघि मंगलबार चाक्सीबारीमै संस्थापनइतरको बैठक बसेको थियो ।

बैठकले साझा उम्मेदवार तय गर्ने प्रयास गरेको भए पनि सफल भएको थिएन। नेताहरुका अनुसार आज साँझसम्ममा संस्थापनइतरले साझा उम्मेदवारबारे टुंगो लागाउने बताइएको छ । कांग्रेसको १४औं महाधिवेशन यही मंसिर २४ गतेदेखि काठमाडौंमा हुने तय छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV