२२ मंसिर २०७८, बुधबार

एजेन्सी । स्पेनिस क्लब रियल म्याड्रिड समूह विजेता बन्दै युइएफए च्याम्पियन्स लिगको नकआउट चरणमा प्रवेश गरेको छ ।

गएराति भएको खेलमा इटालियन क्लब इन्टर मिलानलाई २-० गोल अन्तरले पराजित गर्दै रियल म्याड्रिड समूह विजेता बनेको हो । यद्यपी, इन्टर पनि समूह ‘डि’ उपविजेता बन्दै नकआउट चरणमा प्रवेशमा गरेको छ ।

घरेलु मैदानमा रियललाई जित दिलाउनको लागि टोनी क्रुस र मार्को एसेन्सियोले गोल गरे । खेलको १७औं मिनेटमा मिडफिल्डर टोनी क्रुसको गोलबाट रियलले अग्रता लिएको थियो । ७९औं मिनेटमा एसेन्सियोले गोल गर्दै घरेलु टोली रियललाई जित दिलाए ।

यो जितसँगै समुह ‘डी’ मा रियलले ६ खेलबाट १५ अंक जोड्यो । पराजित इन्टर १० अंक जोडेर दोस्रो स्थानमा रह्यो । सेरिफ ७ अंक जोडेर तेस्रो स्थानमा रहँदा साख्तर डोनेस्क २ अंकसहित पुछारमा रह्यो ।

 

प्रतिक्रिया दिनुहोस्

LIVE TV