२२ मंसिर २०७८, बुधबार

एजेन्सी । यूईएफए च्याम्पियन्स लिगमा फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी)ले सानदार जित निकालेको छ । गएराति भएको खेलमा पीएसजीले ब्रुगलाई ४–१ गोल अन्तरले पराजित गरेको हो ।

पीएसजीलाई सानदार जित दिलाउनको लागि लियोनेल मेस्सी र किलीयन एमबाप्पेल समान २-२ गोल गरे । ब्रुगको लागि माट्स रिट्सले सान्त्वना गोल गरे ।

खेल सुरु भएको दोस्रो मिनेटमै एमबाप्पेले गोल गर्दै पीएसजीलाई अग्रता दिलाएका थिए । त्यसको ५ मिनेटपछि नै एमबाप्पेले पीएसजीको अग्रता दोब्बर पारे ।

खेलको ३७ औं मिनेटमा मेस्सीले गोल गर्दै पिएसजीलाई ३-० को अग्रता दिलाए । दोस्रो हाफको ६७ अ‍ौं मिनेटमा पाहुना टोलीका लागि माट्स रिट्सले एक गोल फर्काए ।

७६ अ‍ौं मिनेटमा पेनाल्टीमार्फत मेस्सीले गोल गर्दै पीएसजीलाई सानदार जित दिलाए । मेस्सीलाई पेनाल्टी क्षेत्रभित्र लडाएपछि दिइएको पेनाल्टीलाई उनी आफैंले प्रहार गरेका थिए ।

यो जितसँगै पिएसजी दोस्रो स्थानमा रहँदै अन्तिम १६ मा प्रवेश गरेको छ । पिएसजीले ६ खेलबाट ११ अंक जोडेको छ । क्लब ब्रुगा भने ६ खेलमा ४ अंकसहित पुछारमा रहयो । म्यानचेस्टर सिटी शीर्षस्थानमा रहँदै नकआउट चरणमा पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV