२१ मंसिर २०७८, मंगलवार

काठमाडौं । चोरी तथा डकैती मुद्दामा १ सय २९ वर्ष जेल सजायसहित १४ लाख जरिवाना तोकिएका फरार व्यक्तिलाई सिन्धुली प्रहरीले पक्राउ गरेको छ ।

सोमबार साँझ खोजीकै क्रममा तिनपाटन गाउँपालिका १ (साविक बेलघारी गाविस ३) का मगर कान्छा भनेर चिनिने मेषबहादुर थापालाई बेलघारीबाट पक्राउ गरिएको सिन्धुली प्रहरीले जनाएको छ ।

थापामाथि ६ वटा चोरी मुद्दा र १२ वटा डाँका चोरी मुद्दामा तनहुँ जिल्ला अदालतले २०७१ वैशाख १७ गते र २०७२ जेठ ४ गते फैसला गरी १ सय २९ वर्ष जन्मकैद सजायसहित जरिवाना तोकेको थियो ।

चोरी तथा डकौतीको मुद्दा परे पनि उनी भने फरार थिए । फरार रहेका उनलाई खोजी गर्ने क्रममा सोमबार साँझ प्रहरीले पक्राउ गरेको हो । ।

पक्राउ परेका थापालाई आवश्यक कारबाहीका लागि सिन्धुली जिल्ला अदालतमा पेश गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV