२१ मंसिर २०७८, मंगलवार

काठमाडौं । आफूहरु दादा रहेको भन्दै पटक पटक गरी काठमाडौंका एक म्यानपावर कम्पनीबाट ९० लाख २५ हजार रुपैयाँ असुली गरेको अभियोगमा दुई जनालाई पक्राउ गरिएको छ ।

महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरीले सुकेधारा बस्ने ४० वर्षीय मिलन जोशी र बालुवाटार बस्ने दोलखा भीमेश्वर नगरपालिका–५ माटीका रवीन्द्र बस्नेतलाई रकम असुली गरेको अभियोगमा पक्राउ गरेको हो ।

जोशी र बस्नेतले पानीपोखरीको युनिभर्सल इन्टरनेशनल मेनपावर कम्पनीका सञ्चालकलाई आफूहरू उक्त क्षेत्रको दादा भएको भन्दै विदेश पठाएका प्रति–व्यक्ति २५ हजार रुपैयाँका दरले कमिसन लिदै आएका थिए ।

तर, मङ्सिर १६ गते कम्पनीका सञ्चालक, उनको श्रीमती र कर्मचारीसमेतलाई ज्यान मार्ने धम्कीका साथै हातपात गरेको उजुरीका आधारमा प्रहरीले उनीहरुलाई पक्राउ गरेको थियो ।

प्रहरीले उनीहरु दुवैलाई मित्रपार्कबाट पक्राउ गरेको थियो । आपराधिक कसुर मुद्दामा उनीहरुलाई हाल महानगरीय प्रहरी परिसर टेकु, काठमाडौं लगिएको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV