२१ मंसिर २०७८, मंगलवार

गुल्मी । गुल्मीको ईलाका प्रहरी कार्यालय चन्द्रकोट प्रहरी चौकीको नवनिर्मित भवनको उद्घाटन गरिएको छ । चन्द्रकोट गाउँपालिका– ४ शान्तिपुर स्थित उक्त ईलाका प्रहरी कार्यालय भवनको लुम्बिनी प्रदेश सरकारका आन्तरिक मामिला तथा सञ्चारमन्त्री तिलकराम शर्माले उदेघाटन गरेका हुन् ।

प्रदेश सरकारको २ करोड ८२ लाख लागतमा ब्यारेक, शौचालय र साढे दुई तले कार्यालउ निर्माण भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रमुख एसपी गोपालचन्द्र भट्टराईले जानकारी गराएका थिए ।

प्रदेश सरकारबाट प्रदेशका ११ वटा प्रहरी कार्यालयलाई भवनका लागि बजेट विनियोजन गरिएको मध्ये चन्द्रकोट ईलाका प्रहरी कार्यालयको भवन पहिलो पटक उद्घाटन भएको भन्दै मन्त्री शर्माले सम्बद्ध प्रहरी अधिकृत र निर्माण ब्यवसायीलाई धन्यवाद दिएका थिए । उनले प्रहरीहरु प्रविधि साधन श्रोत विनै खट्नु पर्ने बाध्यताको प्रदेश सरकारले अन्त्य गर्ने गरि अगाडी बढेको बताएका थिए ।

प्रहरी प्रमुख भट्टराईले गत बर्षको बजेटबाट सम्झौता भएको मिति अगाडी नै स्टुमेट अनुसारको गुणस्तरिय काम गर्न सफल भएको भन्दै तुल्सीभक्त अर्जुन विलर्डस जेभिका निर्माण ब्यवसायी विजय खनाललाई मन्त्री शर्माद्धारा सम्मान पत्र हस्तान्तरण गराएका थिए ।

त्यस्तै प्रदेश सांसद गीता थापा, चन्द्रकोट गाउँपालिका प्रमुख द्रोण खत्री, उपप्रमुख राधिका आर्यालले पनि निर्माण ब्यवसायी खनालको प्रशंसा गरेका थिए ।

एसपी भट्टराईले गुल्मीको प्रहरी प्रमुखको जिम्मेवारी सम्हाले लगत्तै आफु मातहतका प्रहरी चौकीहरुका भवन निर्माण कार्यलाई तिब्रता दिदै आबश्यक यातायातका साधनहरु समेत सम्वन्धित निकाय संग माग गरि उपलब्ध गराएका छन् । उदेघाटन समारोहमा अन्य सुरक्षा निकायका प्रमुख तथा स्थानीय समाज सेवीहरुको सहभागिता थियो ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV