२१ मंसिर २०७८, मंगलवार

काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसका नेता गगनकुमार थापाले आफ्नो पार्टी अब पनि नसुध्रिए समाप्त हुने बताएका छन् ।

मंगलबार काठमाडौंमा आयोजित शंकर तिवारीद्वारा लिखित पुस्तक ‘कसले सुधार्छ कांग्रेस ?’ विमोचन कार्यक्रममा नेता थापाले अब पनि कांग्रेस नसुध्रिए समाप्त हुने बताए ।

पार्टी सकिए आफ्नो र पार्टीका ९ लाख कार्यकर्ताहरूको भविष्य पनि समाप्त हुने पनि नेता थापाले बताएका छन् ।
‘९ लाख पार्टीका कार्यकर्तालाई कांग्रेस सकिन्छ भन्ने डर लागेजस्तै नेपाली कांग्रेसको रुख चिह्नमा मत नहालेको मानिसलाई समेत कांग्रेस सकिन्छ भन्ने आवश्यकताको बोध गराउन सके मात्रै त्यसै विजयी बनिन्छ,’ उनले भने, ‘कसले बिगार्यो कांग्रेस भन्ने मात्रै होइन, कसले सुधार्छ कांग्रेस भन्ने मात्रै होइन, किन सुधार्ने कांग्रेस र कांग्रेस सुध्रेन भने के हुन्छ ? सुध्रेन भने कांग्रेस सकिन्छ ।’

नेता थापाले चुनाव जित्नुभन्दा पनि कांग्रेसले किन चुनाव जित्नुपर्छ भन्ने कुराको बोध गराउनु आवश्यक रहेको पनि बताएका छन् ।

 

प्रतिक्रिया दिनुहोस्

LIVE TV