२१ मंसिर २०७८, मंगलवार

सियोल (दक्षिण कोरिया) । विश्वभरबाट बीस हजार भन्दा बढी धार्मिक नेताहरूले विश्वव्यापी रूपमा शान्तिको लागि प्रार्थना गरेका छन् । ‘कोरियाली प्रायद्वीपको पुनः एकीकरण र शान्तिका लागि अन्तरधार्मिक सभा’ विषयक समारोह सपन्न गरिएको हो ।

१० लाख भन्दा बढी मानिसहरूले विभिन्न सामाजिक सञ्जाल र मिडिया प्लेटफर्ममार्फत् प्रार्थना र्‍यालीमा भाग लिएका थिए । जसका लागि दक्षिण कोरियाको राजधानी सियोलको उत्तरतर्फ रहेको चोङ्गशिम पीस वल्र्ड सेन्टरमा कोभिड स्वास्थ्य मापदण्ड पालना गरी १ हजार २०० जना उपस्थित भएका थिए ।

साथै अन्यले डिजिटल प्ल्याटफर्मबाट भाग लिएका थिए । यो सम्भवतः इतिहासकै सबैभन्दा ठूलो र सबैभन्दा विविध अन्तरधार्मिक भेला भएको आँकलन गरिएको छ । डा. सन म्योङ्ग मुन र डा. हाक जा हान मुनद्वारा स्थापित युनिभर्सल पिस फेडेरेसन र वाशिंगटन टाइम्स फाउन्डेशनद्वारा उक्त समारोह आयोजना गरिएको थियो ।

विश्वप्रसिद्ध धार्मिक नेतृ पास्टर पाउला ह्वाइटले मदर मुनलाई उक्त ऐतिहासिक धार्मिक सभा आयोजना गरिएकामा धन्यवाद ज्ञापन गरिन् । पाउला ह्वाइट विगत २२ वर्षदेखि पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पका आध्यात्मिक सल्लाहकार हुन् ।

पास्टर ह्वाइटले भनिन्, ‘मदर मुनले आयोजना गर्नुभएको यो ¥याली कुनै मौसम परिवर्तन नभएर युग परिवर्तन हो । जुन नयाँ एकीकृत कोरिया र ईश्वरको छत्रछायामा एक विश्वको संवाहक बनेर इतिहासमा दर्ज हुनेछ ।’

उक्त समारोहमा उत्तर र दक्षिण कोरियासँग कूटनीतिक सम्बन्ध भएका १५७ राष्ट्रका ८० सम्प्रदायको प्रतिनिधित्व गर्ने प्रार्थना र शान्तिका सन्देशहरू प्रस्तुत गरिएको थियो ।

दक्षिण कोरियाका विभिन्न धर्मका धार्मिक नेतृत्वहरु प्रत्यक्ष सहभागी भई कोरियाली प्रायद्विपमा शान्ती र एकताको लागि ऐक्यबद्धता जनाएका थिए ।

साथै विशप मुनिब युनान, प्रोटेस्टेन्टवादको प्रतिनिधित्व गर्ने प्यालेस्टिनी विशप एमेरिटस, इन्डोनेसियाली धार्मिक मामिला मन्त्रालयबाट, क्याथोलिक धर्मको प्रतिनिधित्व गरी कार्डिनल केल्भिन फेलिक्स, जापानबाट शिन्टोवादको प्रतिनिधित्व गरि रेभ. तोकुसु मुरे, अफ्रिकी अध्यात्मवादको प्रतिनिधित्व गर्ने अगमवक्ता शमुयल राडेबे, बौद्ध धर्मको प्रतिनिधित्व गरि डा.खाय सोभनरत्न, प्रेह सिहानोक राजा र भारतबाट हिन्दू धर्मको प्रतिनिधित्व गरी आर्ट अफ लिभिङका संस्थापक गुरुदेव रविशंकरले सम्बोधन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV