२१ मंसिर २०७८, मंगलवार

काठमाडौं । मुलुकभर पछिल्लो २४ घण्टामा ३ सय १५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ११ हजार ८१० जनाको आरटी–पीसीआर र एन्टिजेन विधिबाट परीक्षण गर्दा ३ सय १५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार ९ हजार ३८६ जनाको आरटी–पीसीआर विधिबाट परीक्षण गर्दा २ सय ७२ जना र २ हजार ४२४ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा ४३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या ९ लाख १८ हजार ७६४ पुगेको छ ।

पछिल्लो २४ घण्टामा ३०४ जना कोरोनामुक्त भए, २ को मृत्यु

कोरोना भाइरस (कोभिड–१९)को संक्रमणबाट पछिल्लो २४ घण्टामा देशभर ३ सय ४ जना निको भएर घर फर्किएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेहरुको संख्या ८ लाख ०५ हजार २०५ पुगेको छ ।

पछिल्लो २४ घण्टामा देशभर ११ हजार ८१० जनाको परीक्षण हुँदा हालसम्म कुल ५४ लाख २५ हजार ३११ जनाको पीसीआर–एन्टिजेन परीक्षण भएको छ ।

यसैगरी पछिल्लो २४ घण्टामा थप २ जना संक्रमितको मृत्यु भएको छ । योसँगै हालसम्म नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ५४५ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV