२१ मंसिर २०७८, मंगलवार

काठमाडौं । व्यवसायी चिरन्जीवी थापाले नेपाली कांग्रेसको केन्द्रीय सदस्यमा उम्मेदवारी दिने घोषणा गरेका छन् । थापाले यही मंसिर २४ गतेदेखि हुन लागेको १४औं महाधिवेशनमा केन्द्रीय सदस्य पदका लागि उम्मेदवारी घोषणा गरेका हुन् ।

सन् २००५ मा जापानमा पहिलो पटक नेपाली कांग्रेसको जनसम्पर्क मञ्चको स्थापना गर्न उल्लेख्य भूमिका निर्वाह गरेका थापाले नेपाल र जापानमा व्यवसाय सञ्चालन गर्दै आएका छन् ।

२०४६ सालदेखिनै नविसंघमा आबद्ध भएका थापा १२औं र १३औं महाधिवेशनमा जापानबाटै महासमिति सदस्य निर्वाचित भएका थिए ।
यो पटक भने उनी मोरङ निर्वाचन क्षेत्र नम्बर १ बाट महासमिति सदस्यमा निर्वाचित भएका थिए ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV