२१ मंसिर २०७८, मंगलवार

काठमाडौं । नवनिर्वाचित (राप्रपा) अध्यक्ष राजेन्द्र लिङ्देनलाई विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले बधाइ ज्ञापन गरेका छन् ।

निर्वाचित भएको तेस्रो दिन अध्यक्ष मिश्रले लिङ्देनलाई बधाइ दिएका हुन् ।

‘राष्ट्रिय प्रजातन्त्र पार्टीको अध्यक्षमा निर्वाचित हुनुभएकोमा हार्दिक बधाई तथा शुभकामना अर्पण गर्दछु। अर्थ(राजनीतिकरूपमा नेपाललाई ुकल्याणकारीु नरम वामपन्थी मोडेरेट एजेण्डा चाहिएको छ। तर राजनीतिक-सामाजिकरूपमा नेपाल मूलत: नरम परम्परावादी मोडेरेट कन्जरभेटिभ समाज हो। त्यसलाई अस्विकार गरेर समाज रूपान्तरण गर्न सकिँदैन,’ उनले सामाजिक संजाल फेसबुकमा भनेका छन्, ‘विषाक्त भाष्य निर्माण गरेर नरम परम्परावादी समाजलाई विथोल्ने र त्यसमा विग्रह लेराउने विदेशी तथा विकृत वामवादको चाल चिर्न तपाईंको विजयले महत्वपूर्ण भूमिका खेल्नेछ।’

मिश्रलाई बेला बखत राजावादी आरोप पनि लाग्दै आएको छ । हुन पनि उनले हरेक भाषणमा पूर्वराजाहरुको नाम उल्लेख गर्ने र चर्चा गर्ने गर्दै आएका छन् ।

लिङ्देनले लामो समय पार्टीको नेतृत्वमा रहेका सिनियर नेता कमल थापालाई दुईसय मतले पराजित गर्दै राप्रपाको अध्यक्षमा आफ्नो स्थान बनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV