२१ मंसिर २०७८, मंगलवार

एजेन्सी । अक्सफर्ड आस्ट्राजेनका खोपका एक विकासकर्ताले भविष्यमा कोरोना महामारी भन्दा निकै घातक अर्को महामारी आउन सक्ने चेतावनी दिएकी छन् ।

प्राध्यापक डेम सारा गिलबर्टले एउटा मन्तव्यका क्रममा भविष्यका महामारी कोभिड सङ्कटभन्दा निकै घातक हुनसक्ने बताइन् । महामारीसँग जुझ्ने तयारीका लागि अझ धेरै पैसा आवश्यक पर्ने उनको भनाइ थियो ।

उनले ओमिक्रोन भेरिअन्टका लागि खोपहरू कम प्रभावकारी हुनसक्ने बताइन् । पहिला भन्दा थप सजग हुनुपर्ने उनको भनाइ थियो ।

उनले भनिन्, ‘भाइरसले हाम्रो जीवन र जीविकालाई त्रासमा पारेको यो अन्तिम पटक हुने छैन । सत्य के हो भने अर्को निकै खराब हुनसक्छ । त्यो निकै सङ्क्रामक र घातक वा दुवै हुनसक्छ।’

उनले त्यस्तो अवस्था दोहोरिन नदिनका लागि अझै पर्याप्त आर्थिक आधार सहितको तयारी नगरिएको बताइन् । उनको ओमिक्रोन भेरियन्टको संक्रामक क्षमता उच्च भएको बताइन् । यद्यपि उनले सङ्क्रमण विरुद्धको घट्दो संरक्षण र मध्यम खाले रोगको अर्थ गम्भीर रोग र मृत्युबाट पनि खोपले नबचाउने भन्ने चाहिँ भइनहाल्ने बताइन् ।

उनले महामारीका बेला छिट्टै खोप र औषधिहरू बनेको प्रगतिलाई एउटा मापदण्डका रूपमा राख्नुपर्ने बताइन् । उनले फ्लुको जोखिमलाई हटाउन विश्वले एउटै खोप विकास गर्न नसक्नुको कुनै कारण नभएको पनि बताइन् ।

 

प्रतिक्रिया दिनुहोस्

LIVE TV