२१ मंसिर २०७८, मंगलवार

काठमाडौं । युवा तथा खेलकुदमन्त्री एवम् नेपाल स्काउटका प्रमुख महेश्वरजङ्ग गहतराजले नेपाल स्काउट राष्ट्रिय तदर्थ समितिका नवनियुक्त संयोजक, सहसंयोजक तथा सदस्यहरूलाई पद तथा गोपनीयताको शपथ गराएका छन् ।

सिंहदरबारस्थित मन्त्रालयमा सोमबार आयोजित एक कार्यक्रममा मन्त्री गहतराजले स्काउटका संयोजकसहितको १५ सदस्यीय टोलीलाई शपथ गराएका हुन् । तदर्थ समितिको संयोजकमा काठमाडौँका रबिन दाहाल छन् । उनलाई प्रमुख आयुक्तको जिम्मेवारीसमेत दिएको छ ।

त्यस्तै, सहसंयोजकमा भोजपुरका राजीव खत्री छन् । उनलाई तालिम आयुक्तको जिम्मेवारी दिएको छ ।  सङ्गठन आयुक्तको जिम्मेवारी भने सङ्खुवासभाकी बबिता कटुवालले पाएकी छन् । त्यसैगरी अन्य सदस्यमा रौतहटका विजय किशोर झा, भक्तपुरका हरिबहादुर श्रेष्ठ, ललितपुरका केशव महर्जन, सिराहका रामचरित्र ठाकुर, ओलखढुङ्गाका सन्तोषकुमार थापा र चितवनका शिवप्रसाद बराल छन् ।

त्यस्तै, अन्य सदस्यमा काभ्रेपलाञ्चोककी रमिला नगरकोटी, चिवतनकी गायत्री शर्मा, ललितपुरका दीपक अर्याल, सल्यानका तिलक खत्री, रोल्पाका जुपिटर कुँवर र बाँकेका देउमल सुनार छन् । यस तदर्थ समितिले एक वर्षभित्र राष्ट्रिय परिषद् र केन्द्रीय कार्यकारी समितिको निर्वाचन गराउनुपर्ने हुनेछ ।

कार्यक्रममा युवा तथा खेलकुदमन्त्री एवम् नेपाल स्काउटका प्रमुख गहतराजले स्काउटको नियमानुसार चल्नुपर्ने भन्दै प्रत्येक घर र स्कुलमा स्काउट पु¥याउन सके मर्यादित देश र समाजको निर्माण हुने विचार व्यक्त गरे ।

नवनियुक्त स्काउटका संयोजक रबिन दाहालले आगामी दिनमा स्काउटलाई हाम्रो र राम्रो स्काउटको परिचय बनाउन आफूले सक्दो प्रयास गर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV