२० मंसिर २०७८, सोमबार
  • युवराज आचार्य

झापा । झापाको मेचीनगरमा एकैसाथ तीन फरक विधाका ब्यक्तिहरुलाई सम्मान गरिएको छ ।

लाल भागिरथा बानियाँ प्रतिष्ठानले एक समारोहका बिच सामाजिक रुपमा उत्कृष्ट कार्य गर्ने प्रसिद्ध न्यूरो सर्जन डा. गोपाल सेढाई, मेचीनगर ३ का प्रधान किसान र मेचीनगर ७ की ज्ञानु खड्कालाई सम्मान गरेको हो ।

प्रतिष्ठानले काठमाडौंको त्रिभुवन विश्वविद्यालय अन्तर्गत शिक्षण अस्पतालका सहप्राध्यापक न्यूरो सर्जन डा. गोपाल सेढाईलाई जन्मी हुर्की गरेको आफ्नै गाउँमा सम्मान गरेको हो । त्यस्तै उत्कृष्ट कृषि पुरस्कारबाट मेचीनगर–३ का किसान र उत्कृष्ट गृहिणी पुरस्कारबाट खड्कालाई सम्मान गरेको हो । उनीहरुलाई जनही ३१ हजार नगदसहित सम्मान पत्रद्धारा सम्मान गरिएको हो ।

धाइजनस्थित प्रतिष्ठानको कार्यालय परिसरमा सोमबार प्रतिष्ठानका अध्यक्ष हरिचरण बानियाँको अध्यक्षतामा भएको सो कार्यक्रममा प्रदेश सांसद एकराज कार्की, बागमती प्रदेशका निवर्त्तमान प्रदेश प्रमुख विष्णु प्रसाई, मेची अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. टंक बाराकोटी, पुरस्कृत प्रतिभा डा. गोपाल सेढाई, त्रिफला राष्ट्रिय पुस्तकालयका अध्यक्ष प्रेमप्रकाश फलाहारी लगायतले मन्तब्य राखेका थिए ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV