२० मंसिर २०७८, सोमबार

काठमाडौं । सोमबार साँझ नेपाली कांग्रेसको रामचन्द्र पौडेल समूहको बसेको बैठकले पार्टीको आगामी १४ औं महाधिवेशनको सभापति पदका लागि को उम्मेदवार बन्ने भन्ने तय गर्न सकेको छैन ।

पौडेल निवास बोहोराटारमा बसेको बैठकले साझा सभापतिको उम्मेदवार चयन गर्नेबारे छलफल गरे पनि सहमति जुट्न सकेन ।

बैठकमा पौडेल समूहका पौडेलसहित शशांक कोइराला, प्रकाशमान सिंह र डा. शेखर कोइरालाले छलफल सहभागी थिए । कांग्रेसको १४ औं महाधिवेशनमा चारै जना सभापतिका लागि उम्मेदवार दिन अघि बढेका छन् ।

तर, पौडेलले भने चार जनामध्ये एक मात्र सभापतिको उम्मेदवारी बन्नुपर्ने सुझाव दिँदै आएका छन् र सोमबार साँझ सहमति खोज्नकै लागि बैठक डाकेका थिए । तर, बैठकले सहमति जुटाउन सकेन ।

बैठकमा महामन्त्रीसमेत रहेका डा. शशांक कोइरालाले आफूलाई सभापतिको उम्मेवारी बनाउन आग्रह गरेका थिए । तर, उनको कुरामा सहमति जुट्न नसकेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV