२० मंसिर २०७८, सोमबार

काठमाडौं । आगामी नेपाली कांग्रेसको १४ औँ महाधिवेशनका लागि सभापतिको उम्मेदवारी छान्न कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले बैठक बोलाएका छन् ।

आज साँझ पौडेल आफ्नै निवास बोहराटारमा आफूनिकटका नेताहरू शशांक कोइराला, प्रकाशमान सिंह र शेखर कोइरालासँग बैठकमा बसेका छन् ।

पौडेलनिकटका तीनै नेता आगामी महाधिवशेनको सभापति पदका लागि आकांक्षी रहेका छन्। तर, पौडेलले भने आफूसहित सभापतिका आकांक्षीहरुलाई एक जनामात्र सभापति उठ्न छलफल भइरहेको बताइएको छ ।

महाधिवेशन आउन चार दिनमात्रै बाँकी रहँदा सभापतिका दाबेदारी गरेका पौडेलनिकट नेताहरु छलफलमा जुटेका छन् ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV