२० मंसिर २०७८, सोमबार

काठमाडौँ । सरकारले विभिन्नतीन देशका लागि प्रस्ताव गरेका राजदूतको नाम संसदीय सुनुवाइ समितिबाट अनुमोदन भएको छ ।

संघीय संसद्, संसदीय सुनुवाइ समितिले भारत, अमेरिका र बेलायतका लागि प्रस्तावित तीन जना राजदूतको नाम अनुमोदन गरेको हो ।

सोमबार समितिमा सांसदहरुको प्रश्नको जवाफ दिएपछि भारतका लागि प्रस्तावित राजदूत डा. शंकर शर्मा, अमेरिकाका लागि प्रस्तावित राजदूत श्रीधर खत्री, बेलायतका लागि प्रस्तावित राजदूत ज्ञानचन्द्र आचार्यको नाम सर्वसम्मतले अनुमोदन भएको हो ।

 

प्रतिक्रिया दिनुहोस्

LIVE TV