२० मंसिर २०७८, सोमबार

विराटनगर । नेपाली कांग्रेसको १४ औं अधिवेशनअन्तर्गत प्रदेश नं १ को चुनावमा पौडेल–कोइराला समूहबाट सभापतिका उमेदवार गुरुराज घिमिरे दुई मतले पराजित भएका छन् । घिमिरेलाई सभापति पदको लागि नेताहरुले नै मत नदिएकाले पराजित हुनपुगेको खुलेको छ ।

पौडेल–कोइराला समूहबाट सभापतिका उमेदवार बनेका घिमिरेलाई आफ्नै समूहका डा. शेखर कोइराला, महेश आचार्य, बलबहादुर केसी र सुजाता कोइरालाले भोट नहाल्दा २ मतले पराजित हुन पुगेका हुन् । चुनावको दिन विराटनगर पुगेर पनि आफ्नै समूहका उम्मेदवार घिमिरेलाई शेखर, महेश, बलबहादुर र सुजाताले भोट नहालेका हुन् ।

घिमिरेलाई सभापति बनाउने आफ्नै समूहकै केन्द्रीय नेताहरुबाट नै असहयोग भएको भन्दै भन्दै उनका समर्थक असन्तुष्ट बनेका छन् ।

कांग्रेस केन्द्रीय सदस्य डा। शेखर कोइराल, महेश आचार्य, बलबहादुर केसी र सुजाता कोइराला च्ुनावका दिन विराटनगरमा उपस्थित भएर पनि मत नहालेको कांग्रेस कार्यकर्ताको आरोप रहेको छ ।

यी चार नै जना नेता प्रदेश अधिवेशन उद्घाटनमा भने सहभागी भएका थिए ।

घिमिरे संस्थापन–सिटौला पक्षका उद्धव थापासँग जम्मा दुई मतले हारेका छन् । थापाले ८४४ मत प्राप्त गरेभने घिमिरेले ८४२ मत प्राप्त गरे । “

प्रतिक्रिया दिनुहोस्

LIVE TV