२० मंसिर २०७८, सोमबार

एजेन्सी । इंग्लिस प्रिमियर लिगमा टोटेनहम हटस्परले सानदार जित निकालेको छ । गएराति भएको खेलमा टोटेनहमले नर्विच सिटीलाई ३-० गोल अन्तरले पराजित गरेको हो ।

टोटेनहमलाई सानदार जित दिलाउनको लागि ह्युङ मिन सन, लुकास मोउरा र डाभिन्सन सान्चेज समान एक–एक गोल गरे ।

खेलको १०औं मिनेटमा लुकास मोउराले गोल गर्दै टोटेनहमलाई अग्रता दिलाएका थिए । उनले सनको पासमा गोल गरेका थिए ।

६७औं मिनेटमा डाभिन्सन सान्चेजले गोल गर्दै टोटेनहमको अग्रता दोब्बर पारे । ७७औं मिनेटमा ह्युङ मिन सनले गोल गर्दै टोलीको सहज जित पक्का गरे । उनले बेन डेभिसको पासा गोल गरेका थिए ।

जितसँगै टोटेनहम १४ खेलबाट २५ अंक जोडेर पाँचौ स्थानमा रहेको छ । पराजित नर्विच सिटी १० अंक जोडेर पुछारमा रहेको छ ।

 

प्रतिक्रिया दिनुहोस्

LIVE TV