२० मंसिर २०७८, सोमबार

बुटवल । नेपाली कांग्रेस लुम्बिनी प्रदेश सभापतिमा अमरसिंह पुन मगर निर्वाचित भएका छन् ।

वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका पुनले पार्टी सभापति शेरबहादुर देउवा पक्षका भरतकुमार शाहलाई पराजित गर्दै लुम्बिनी कांग्रेसको सभापति बनेका हुन् ।

आज बिहान सकिएको मतगणनाअनुसार अमरसिंहले ८५२ मत ल्याए । अर्का प्रतिस्पर्धी भरतकुमारले ७६७ मत ल्याए । अमरसिंह रोल्पा कांग्रेसका निवर्तमान सभापति हुन् ।

प्रदेशको नेतृत्वको लागि शनिबार मतदान भएपनि आइतबार बिहानबाट मात्रै मतगणना सुरु भएको थियो । निर्वाचनमा १ हजार ६३१ मत खसेको थियो ।

प्रदेश कार्यसमितिका अधिकांश पदाधिकारी तथा सदस्य पनि अमरसिंहकै प्यानलबाट निर्वाचित भएका छन् । उपसभापतिमा भुवनप्रसाद श्रेष्ठले ८४७ र राजु खनालले ७९२ मत ल्याएर निर्वाचित भए । खनाल देउवा पक्षका हुन् ।

महामन्त्रीमा पौडेल विक्रम खनाल ८४४ र सुरेन्द्रराज आचार्य ८३९ मत ल्याएर विजयी भए भने सहमहामन्त्रीमा निमा गिरी ८३०, बिष्णु खनाल मुस्कान ८५९ र खगराज पाण्डेले ७७६ मत ल्याएर निर्वाचित भएका छन् ।

 

प्रतिक्रिया दिनुहोस्

LIVE TV