१९ मंसिर २०७८, आईतवार

काठमाडौं । उच्च अदालत पाटनले गैरआवसीय नेपाली संघ (एनआरएन)को १०औं महाधिवेशन नरोक्न आदेश दिएको छ । आइतबार (आज) एनआरएनका अध्यक्ष कुमार पन्तले दिएका रिटमा न्यायाधीश श्रीमण कुमार गौतम र नरिश्वर भण्डारीको इजलासले उक्त आदेश दिएको हो ।

अन्तरिम आदेशमा सरकारले मंसिर तीन गते संरक्षक परिषदलाई महाधिवेशन गर्न दिनु भनिएको पत्र कार्यान्वयन नगर्न पनि भनिएको छ । जारी आदेशमा ‘परराष्ट्र मन्त्रालयको २०७८ असोज २२ र मंसिर ३ को निर्णय पत्रको कार्यान्वयन नगर्नु र महाधिवेशन नरोक्नु’ भनिएको छ ।

अदालतले आइतबार (आज) दुवै पक्षलाई बहस गर्न बोलाएको थियो । त्यसोत मंसिर ३ मा परराष्ट्र मन्त्रालयले एनआरएनको निर्वाचन वर्तमान कार्य समितिलाई नभई संरक्षक समितिलाई गर्न दिनु भन्दै संघलाई पत्र पठाएको थियो ।

साथै गत विहीबार अध्यक्ष कुमार पन्त नेतृत्वको कमिटी विघटन गरी संरक्षक समितिलाई नयाँ निर्वाचन गराउन दिनु भन्ने परराष्ट्रको पत्राचार कानून विपरित भएको भन्दै उच्च अदालतमा रिट परेको थियो ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV