१९ मंसिर २०७८, आईतवार

काठमाडौं । नेपाली कांग्रेसले १४ औं महाधिवशेनमा उच्च स्वास्थ्य सतर्कता अपनाउने भएको छ । महाधिवेशनमा सहभागी हुने नेता तथा कार्यकर्तालाई आवश्यक स्वास्थ्य सामग्री वितरणका साथै खोप नलगाएकालाई कोरोनाबिरुद्धको खोप पनि लगादिने तयारी कांग्रेसले गरेको छ ।

कांग्रेस महाधिवेशन अन्तर्गतको स्वास्थ्य समितिका संयोजक मोहन बहादुर बस्नेतले महाधिवेशनमा सहभागी हुने सम्पूर्णको स्वास्थ्य अवस्थालाई ख्याल गर्दै आवश्यक तयारी गरिएको जानकारी दिए ।

आइतबार सरोकारवालासँगको छलफलका क्रममा उहाले महाधिवेशनका बेला कसैलाई स्वास्थ्य समस्या भए तत्काल उपचारका लािग पनि आवश्यक तयारी गरिने जानकारी दिए । उनले महाधिवेशनमा भाग लिन आउनेको एन्टिजेन समेत गरिने बताए ।

नेपाली कांग्रेसको केन्द्रीय महाधिवेशन मंसिर २४ देखि २६ गते काठमाडौँमा हुँदैछ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV