१९ मंसिर २०७८, आईतवार
  • विजय साह,

धनुषा । एक समय मुलुकका लागि अघोषित राष्ट्रिय खेलको महत्व बोकेको कबड्डी नेपाली समाजमा परम्परागत खेलकोरुपमा परिचित छ । एशियाली खेलकुदमा समेत स्थान पाइसकेको कबड्डी दक्षिण एशियाली खेलकुदका लागि नियमित खेल नै बनेको छ ।

नेपालले यही कबड्डीमार्फत अन्तर्राष्ट्रिय ख्याति बटुल्ने सक्थ्यो । तर दुर्भाग्य देश भित्र नै यस्का गतिविधि कम हुँदै आएका छन् । यही अवस्थाबीच धनुषाको बटेश्वर गाउँपालिकाले महिलाहरुको राष्ट्रिय प्रतियोगिता आयोजना गर्ने तयारी थालेर कबड्डीप्रति उदासिन खेल ठेकेदारहरुलाई गतिलो सबक सिकाउने भएको छ ।

धनुषाको बटेश्वर गाउँपालिकामा राष्ट्रिय महिला कबड्डी प्रतियोगिताको आयोजना हुने भएको छ । बटेश्वर गाउँपालिकाको सहयोग र शिवशक्ति युवा क्लबको आयोजनामा बटेश्वर गाउँपालिका अध्यक्ष कप “राष्ट्रिय महिला कब्बडी प्रतियोगिता २०७८” को आयोजना गरिन लागेको हो ।

बटेश्वर गाउँपालिकाका अध्यक्ष डम्बरबहादुर राउतले आइतबार प्रतियोगिताबारे जानकारी दिदै नेपालमा परम्परागतरुपमा खेलिने खेल भएपनि अहिले आएर उपेक्षित अवस्थामा रहेको कबड्डी खेलको विकास तथा राष्ट्रियस्तरको खेलकुदमा टेवा पु¥याउने उद्देश्यले कब्बडी प्रतियोगिता आयोजना गर्न लागिएको जानकारी दिनुभयो ।

गाउँपालिकाका अध्यक्ष डम्बरबहादुर राउत

अध्यक्ष राउतले शहरी क्षेत्रभन्दा केही दूरीमा रहेको बटेश्वर गाउँपालिकाका महिलामा जनचेतना मुलक सन्देश जाने र भित्री मधेशका महिला तथा चेलीबेटीलाई खेलकुद क्षेत्रमा प्रोत्साहित गर्न पनि महिला कबड्डी प्रतियोगिता आयोजना गर्न लागेको बताउनुभयो ।

खेलकुदको माध्यमबाट स्थानको पहिचान प्रख्यात गराउन सहयोग पु¥याउने हुँदा खेलकुद प्रतियोगिताहरूमा गाउँपालिकाले सहयोग गर्दै आएको छ । खेलाडी राष्ट्रका गहना भएकोले उनीहरूको संरक्षण र सम्बद्र्धन गर्ने जिम्मेवारी राज्यको भएको हुँदा आफू स्थानीय सरकार प्रमुखको हैसियतले थोरै भए पनि प्रयास गरेको अध्यक्ष राउतको भनाइ छ ।

प्रतियोगितामा मुलुकको ७ वटै प्रदेशको टिमको सहभागीता रहने छ । प्रतियोगितामा प्रथम हुने टिमलाई १ लाख ५ सय ५, द्वितीय हुनेलाई ५० हजार ५ सय ५ र तृतीयलाई २५ हजार ५ सय ५ पुरस्कारको व्यवस्था गरिएको प्रतियोगिता प्रचार प्रसार समितिको संयोजक मदन विकले जानकारी दिनुभयो ।

यसका साथै प्रतियोगिताको अवधिभर बेस्ट रेडर, बेस्ट डिफेन्डर र प्रत्येक खेलमा एक जनालाई खेलाडीलाई म्यान अफ दि म्याच प्रदान समेत गरिने संयोजक विकले बताउनुभयो ।

प्रतियोगिता यही मङ्सिर २३ गतेदेखि २५ गतेसम्म संचालन छ । प्रतियोगितामा कुल १५ लाख खर्च अनुमान गरिएको आयोजक क्लबका जीवन भुजेलले बताउनुभयो ।

प्रशिक्षक रामनारायण राय दनुवार

धनुषाको बटेश्वरमा हुने राष्ट्रिय महिला कबड्डी प्रतियोगिताको आयोजक टोलीको बन्द प्रशिक्षण सुरु भएको छ । प्रतियोगिताको विजेता बन्न लक्ष्यसहित टोलीको बन्द प्रशिक्षण सुरु गरिएको प्रशिक्षक रामनारायण राय दनुवारले बताउनुभयो ।

कबड्डी खेलको पूर्व राष्ट्रिय खेलाडीसमेत रहिसक्नु भएका प्रशिक्षक दनुवारले बन्द प्रशिक्षणमा १४ जना खेलाडी सहभागी रहेको जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV