१९ मंसिर २०७८, आईतवार
  • महेश्वर के.सी

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को एकता महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचन सम्पन्न भएको छ ।

अध्यक्ष पदमा कमल थापालाई पराजित गर्दै युवा नेता राजेन्द्र लिङ्देन विजयी भएका छन् । उपाध्यक्षको ४ पदमा विक्रम पाण्डे, बुद्धिमान तामाङ, ध्रुव बहादुर प्रधान र महिलातर्फ रोशन कार्की विजयी भएका छन् ।

यस्तै महामन्त्रीमा महिलातर्फ कुन्ती शाही विजयी भएकी छन् । यस्तै खुल्लातर्फ धवल शमशेर राणा र भुवन पाठक विजयी भएका छन् । मतपरिणाम सार्वजनिक भएसँगै विजेताहरूको उत्सवसमेत सुरु भएको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV