१९ मंसिर २०७८, आईतवार
  • विजय साह

धनुषा । सप्ताव्यापी सीताराम विवाह पञ्चमी महोत्सवको आज तेस्रो दिन धनुष यज्ञ मनाइँदैछ । त्रेता युगमा जनकपुरमा भगवान राम र आदर्श नारी सीताबीच विवाह भएको स्मरणमा प्रत्येक वर्ष सप्ताहव्यापी रुपमा विवाह पञ्चमी मनाइन्छ ।

शुक्रबार पहिलो दिन नगर दर्शन र दोस्रो दिन हिजो शनिबार फुलवार लिला मनाइयो । आज रामको प्रतिकको रुपमा रहने बालकले धनुष तोड्ने छन् ।

यस्तै २० गते सोमबार तिलकोत्सव, २१ गते मंगलबार मटकोर, २२ गते बुधबार स्वयंवर तथा विवाह र २३ गते बिहीबार रामकलेवा विधिको कार्यक्रम आयोजना गरि यो महोत्सव सम्पन्न गरीन्छ ।

गत दुई वर्ष देखि कोरोना महामारी काराण प्रभावित बनेको यस महोत्सवको यस वर्ष धुमधाम साथ मनाउने तयारी रहेको गरेको छ।

त्रेतायुगमा मंसिर शुक्ल पञ्चमीका दिन भगवान राम र सीताको विवाह जनकपुरधाममा भएको सम्झनामा यहाँ विवाहपञ्चमी महोत्वस मनाउने गरिन्छ ।

करिब डेढ वर्ष कारोना कालपछि पुनः बाह्य पर्यटकहरुको आगमन ठूलो संख्यामा देखिएको छ । गत वर्ष कारोना कालमा पञ्चमीमा पर्यटकहरुको संख्या अन्य समयको तुलनामा कम थियो तर अब फेरि पहिलेकै जस्तो पर्यटकहरुको आगमन भएको देखिन्छ ।

सप्त दिवसीय हुने विवाह पञ्चमी महोत्सवमा उपस्थित सम्पूर्ण आगन्तुकलाई जानकी मन्दिरको तर्फबाट निःशुल्क भोजनको व्यवस्था हुने गरेको छ ।

महोत्सवको अवसरमा देशको विभिन्न स्थानलगायत भारत तथा विदेशी पर्यटकहरुको पनि आवागमन हुने गरेको छ ।

यस वर्ष पनि अयोध्याबाट जन्ती नआउने विवाहपञ्चममी महोत्सवमा भारतको अयोध्याबाट जन्ती आउने चलन रहेकोमा केही वर्ष देखि उक्त क्रम रोकिएको र यस वर्ष पनि भारतको अयोध्याबाट औपचारिक रूपमा जन्ती नआउने भएका छन्।

तर विधिका लागि केही मात्रामा साधुसन्त तथा महन्थहरू आउने उत्तराधिकारी महन्थ दासले जानकारी दिए। कोरोना संक्रमण फैलिएदेखि अयोध्याबाट विवाहपञ्चमीमा जन्तीहरू आएका छैनन्।

जनकपुरधाममा हुने महोत्सवमध्ये सबैभन्दा ठूलो महोत्सवका रूपमा राम–जानकी विवाह पञ्चमी महामहोत्सव मनाइने गरिन्छ।

विगतका दुई वर्ष कोरोनाले प्रभावित भएको महोत्सव यस वर्ष केही सन्तोषजनक हुने विश्वास गरिएको छ। दुवै देशमा कोरोना अहिले नियन्त्रणको अवस्थामा रहेकाले महोत्सवमा अत्यधिक भीड हुने अनुमान गरिएको छ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV