१९ मंसिर २०७८, आईतवार

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को महामन्त्रीमा धवल शम्शेर राणा विजयी हुनुभएको छ ।

निर्वाचन समितिका अधिकृत राजु बस्नेतका अनुसार धवल शम्शेर राणा २२२१ मत ल्याएर महामन्त्री पदमा विजयी हुनुभएको हो । उहाँ राजेन्द्र लिङ्देनको समूहबाट महामन्त्री पदमा उठ्नुभएको थियो ।

यस्तै महामन्त्रीमा कमल थापा पक्षका भुवन पाठक र कुन्ती शाही (महिलातर्फ) विजयी हुनुभएका छन् । लिङ्देनको प्यानलबाट महामन्त्रमिा उम्मेदवारी दिनुभएको रेखा थापा भने पराजित हुनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV