१९ मंसिर २०७८, आईतवार

एजेन्सी । स्पेनिस् ला लिगामा रियल म्याड्रिडले सानदार जित निकालेको छ । गएराति भएको खेलमा रियल सोसिडाडलाई २-० गोल अन्तरले पराजित गरेको हो ।

रियल म्याड्रिडलाई सहज जित दिलाउनको लागि ब्राजिली विंगर भिनिसियस जुनियर र लुका जोभिकले समन एक-एक गोल गरे । दुवै गोल दोस्रो हाफमा सम्भव भएको थियो ।

रियलले खेलको ४७औं मिनेटमा भिनिसियस जुनियरको गोलबाट अग्रता लिएको थियो । उनले लुका जोभिकको पासमा गोल गरेका थिए । ५७औं मिनेटमा जोभिकले गोल गर्दै रियललाई सहज जित दिलाए ।

म्याड्रिडले जित हात पार्दा बार्सिलोना र एट्लेटिको म्याड्रिड भने पराजित भएको छ । दुवै टोलीले घरेलु मैदानमा पराजय भोगेको हो ।

बार्सिलोना घरेलु मैदानमा रियल बेटिससँग १-० ले पराजित भएको हो । रियल बेटिसको जितमा जुआनमीले दोस्रो हाफमा गरेको गोल नै निर्णायक बन्यो । उनले ७९औं मिनेटमा क्रिस्टियन टेलोको पासमा गोल गरेका थिए ।

अर्को खेलमा एट्लेटिको म्याड्रिड रियल मलोर्कासँग २-१ गोल अन्तरले पराजित भयो । मलोर्कालाई जित दिलाउनको लागि फ्रान्को रुस्सो र ताकेफुसा कुवोले गोल गरे भने एट्लेटिको म्याड्रिड लागि म्याथिअस कुन्हाले एक गोल गरे ।

खेलको ६८औं मिनेटमा कुन्हाले गोल गर्दै एट्लेटिको म्याड्रिडलाई अग्रता दिलाएका थिए । ८०औं मिनेटमा रुस्सोले गोल गर्दै खेल १-१ को बराबरीमा ल्याए । इन्ज्युरी समयको थप गरिएको पहिलो मिनेटमा कुवोले गोल गर्दै मलोर्कालाई जित दिलाए ।

यो खेलहरुसँगै रियल म्याड्रिले १६ खेलबाट ३९ अंक जोडेर अंकतालिका शीर्षस्थानमा रहेको छ । पराजित सोसिडाड २९ अंक जोडेर पाँचौ स्थानमा छ ।

बार्सिलोना भने २३ अंकसहित सातौं स्थानमा यथावत रहेको छ । मलोर्का १९ अंक जोडेर १२औं स्थानमा उक्लिएको छ भने एट्लेटिको म्याड्रिड १९ अंकसहित जोडेर चौथो स्थानमा रहेको छ ।

 

प्रतिक्रिया दिनुहोस्

LIVE TV