१८ मंसिर २०७८, शनिबार

काठमाडौं । सिन्धुपाल्चोकको बाह्रबिसेमा भएको बाह्रबिसे कप ब्याडमिन्टन २०७८ खुल्ला राष्ट्रब्यापी ब्याडमिन्टन प्रतियोगिताको पुरुष एकलको उपाधि सेनाका रत्नजित तामाङ्गले जितेका छन् । सेनाको बर्चस्व रहेको प्रतियोगितामा रत्नले सेनाकै नविन श्रेष्ठ माथि २१–१८, २१–१९ को जित निकाल्दै उपाधि उचालेका हुन ।

रत्नले उपाधिका साथै नगद १ लाख २५ हजारसहित मेडल र प्रमाण पत्र प्राप्त गरे । दोश्रो भएका नविनले नगद ६५ हजार सहित मेडल र प्रमाण पत्र प्राप्त गरे ।

मंसिर १५ देखि सुरु भएको प्रतियोगिताको महिला एकल तर्फ सेनाकी रशीला महर्जनले सेनाकै अमिता गिरीमाथि को जित निकाल्दै उपाधि कब्जा गरिन् । उनले उपाधि हात पार्ने क्रममा गिरीमाथि २१–१६, २१–१६ को समान अन्तरले पराजित गरिन् ।

रशीलाले नगद ५० हजार सहित मेडल र प्रमाण पत्र तथा गिरीले २५ हजारसहित मेडल र प्रमाण पत्र प्राप्त गरे । उच्च २० बरियतादेखि बाहेकका पुरुष युगल तर्फको खेलमा कास्कीका बिधान अधिकारी र बिशाल खड्काले उपाधि जिते । अधिकारी र खड्काको जोडीले सेनाका पविन लिनथेप र सुरोज महर्जनको जोडीलाई २१–१६, २१–१७ ले पराजित गर्दै उपाधि उचालेका हुन् ।

पुरुष युगल तर्फ विजयी र उपबिजयी खेलाडीहरुले नगद १ लाख र ५० हजारका साथै मेडल र प्रमाण पत्र प्राप्त गरे । भेट्रान्स ४५ बर्ष माथिको प्रतिस्पर्धामा पर्फेक्ट फिटनेश क्लबका संजय कपाली र श्याम लामाको जोडीले तनहुका मान बहादुर राना मगर र देव बहादुर थापाको जोडीलाई २१–१८, २१–११ ले पराजित गरे ।

बिजेता तथा उपविजेताले गिफ्ट ह्याम्परका साथै मेडल र प्रमाण पत्र प्राप्त गरे । जिल्लास्तरिय पुरुष युगल तर्फको प्रतिस्पर्धामा बा¥हबिसेका अभिषेक गुरुङ्ग र रमेश शेर्पाको जोडीले बाजी मारे ।

उक्त जोडीले चौताराका प्रकाश श्रेष्ठ र रमेश श्रेष्ठको जोडीलाई २१–१२, १८–२१, २१–१६ ले पराजित गरेका हुन् । पहिलो र दोश्रो हुने दुवैले गिफ्ट ह्याम्पर मेडल र प्रमाण पत्र प्राप्त गरे ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV