१८ मंसिर २०७८, शनिबार

काठमाडौं । राजधानीमा जारी शहीद स्मारक ’ए’ डिभिजन लिग फुटबल अन्तर्गत शनिबार च्यासल र न्यूरोड टिमले बराबरी खेल्दै अंक बाडेका छन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शनिबार भएको खेलमा च्यासल र एनआरटीले १–१ गोलको बराबरी खेल्दै अंक बाडेको हो ।

प्रतिस्पर्धात्मक बनेको खेलमा च्यासलका लागि रुमेश बर्तौलाले गोल गरे । त्यसपछि एनआरटीका दिपेश घलेले बराबरी गोल फर्काए । खेलको ४३ औं मिनेटमा रुमेशले गोल गर्दै च्यासललाई १–० को अग्रता दिलाए ।

खेलको ७८ औं मिनेटमा एनआरटीका दिपेशले गोल गर्दै एनआरटीलाई १–१ गोलको बराबरीमा फर्काए । यस बराबरीसँगै च्यासलले ३ खेलमा ४ अंक जोडेको छ । एनआरटीले ३ खेलमा २ अंक जोडेको छ ।

त्यसोत, यसअघि शनिबार नै त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शनिबार भएको पहिलो खेलमा मनाङले संकटासँग २–२ गोलको बराबरी खेलेको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV