१८ मंसिर २०७८, शनिबार
  • तारा आचार्य,

विराटनगर । नेकपा (माओवादी केन्द्र) विराटनगर महानगरसमितिको प्रथम अधिवेशन सम्पन्न भएको छ । अध्यक्षमा नविन पौडेल सर्वसम्मत चयन भएका छन् भने उपाध्यक्षमा दिनेश राजवंशी,सावित्रा गौतम र ज्ञानू भट्टराई चयन भएका छन् ।

त्यस्तै सचिवमा नमिता न्यौपाने र सहसचिवमा सारदा मैनाली र कोषाध्यक्षमा मो. प्रवेज आजम निर्वाचित भएका छन् ।
अधिवेशनबाट ९९ सदस्यीय नगर समिति निर्माण भएको छ । उक्त समितिले पदाधिकारी चयन गरेको हो ।

माओवादीले नगरसम्मेलनमा ४४० जना प्रतिनिधि वडाबाटै छनौट गरेको थियो । यस्तै अधिवेशनले प्रदेश प्रतिनिधिमा १४ जनालाई छनौट गरेको नवनिर्वाचित अध्यक्ष पौडेलले बताए । माओवादीले मङ्सिर १२ गतेसम्म वडा अधिवेशन गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV