१८ मंसिर २०७८, शनिबार

काठमाडौं । मुलुकभर पछिल्लो २४ घण्टामा २ सय ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ६ हजार ७९७ जनाको आरटी–पीसीआर र एन्टिजेन विधिबाट परीक्षण गर्दा २ सय ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार ५ हजार २९५ जनाको आरटी–पीसीआर विधिबाट परीक्षण गर्दा २ सय २० जना र १ हजार ५०२ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा १८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या ९ लाख १७ हजार ९७९ पुगेको छ ।

पछिल्लो २४ घण्टामा ३९२ जना कोरोनामुक्त भए, ५ को मृत्यु

कोरोना भाइरस (कोभिड–१९)को संक्रमणबाट पछिल्लो २४ घण्टामा देशभर ३ सय ९२ जना निको भएर घर फर्किएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेहरुको संख्या ८ लाख ०४ हजार १०८ पुगेको छ ।

पछिल्लो २४ घण्टामा देशभर ६ हजार ७९७ जनाको परीक्षण हुँदा हालसम्म कुल ५३ लाख ९४ हजार १३७ जनाको पीसीआर–एन्टिजेन परीक्षण भएको छ ।

यसैगरी पछिल्लो २४ घण्टामा थप ५ जना संक्रमितको मृत्यु भएको छ । योसँगै हालसम्म नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ५४० पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV