१८ मंसिर २०७८, शनिबार

काठमाडौं । नेपाली काँग्रेस प्रदेश १ को मतदान सुरु भएको छ । मतपत्रमा नाम छुटेका तीन जनालाई सर्वसम्मत गर्ने सहमतिपछि काँग्रेस प्रदेश १ को मतदान सुरु भएको हो ।

निर्वाचन समितिका अनुसार मतपत्रमा नाम छुटेका जीवन नेपाली (दलित कोटा), शान्तिकला राई (महिला कोटा) र भूगोलबाट श्याम खड्गीलाई सर्वसम्मत गर्ने निर्णय भएको हो ।

निर्वाचन कार्यतालिका अनुसार बिहान ८ बजेदेखि तोकिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV