१८ मंसिर २०७८, शनिबार

काठमाडौं । न्युजिल्याण्डका बलर एजाज पटेल टेष्ट क्रिकेटमा एकै इनिङमा १० विकेट लिने न्यूजिल्याण्डका पहिलो खेलाडी बनेका छन । उनी टेष्ट क्रिकेटमा एकै इनिङमा १० विकेट लिने विश्वको तेस्रो खेलाडी समेत बनेका छन ।

मुम्बईको वानखेडे रंगशालामा भारतको पहिलो इनिङलाई ध्वस्त पार्ने क्रममा पटेलले सबै १० विकेट लिए । उनले यो सफलतमा आफ्नो जन्मभूमिमा नै यो सफलता हात पारेर अर्को सुखद संयोग पनि जुराएका छन् ।

यसअघि सन् १९५६ मा इंग्ल्याण्डका जिम लाकेरले अष्ट्रेलियाविरुद्ध र सन् १९९९ मा अनील कुम्ब्लेले पाकिस्तानविरुद्ध टेष्ट क्रिकेटमा एकै इनिङमा १० विकेट लिएका थिए ।

३३ बर्षे पटेलले पहिलो दिन चार विकेट लिएका थिए भने बाँकी ६ विकेट दोस्रो दिन लिएका हुन् । जसमा उनले एक सय १९ रन खर्चिएका छन ।

बायाँहाते स्पिनर पटेलका बुबाआमा सन् १९९६ मा न्युजिल्याण्ड बसाई सरेर न्यूजिल्याण्ड पुगेका थिए । त्यसपछि उनी पछिल्लो पटक न्युजिल्याण्डको राष्ट्रिय टिमबाट खेलिरहेका छन ।

एजाजले ४७ दशमलब ५ ओभर बलिङ गर्दै १ सय १९ रन खर्चेका थिए । उनले १२ मेडन ओभर फाले । पटेलको प्रदर्शनसंगै टस जितेर पहिले ब्याटिङ गरेको भारतले ३ सय २५ रन जोडेको छ ।

जसका लागि ओपनर मयन्क अग्रवालले १ सय ५० रन जोडे । अक्सर पटेलले पनि ५२ रन जोडे, भने शुबमन गिलले ४४ रनको योगदान गरे । भारत र न्यूजिल्याण्डविरुद्धको पहिलो खेल बराबरीमा टुंगिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV