१८ मंसिर २०७८, शनिबार

काठमाडौँ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य महेश आचार्यले आसन्न महाधिवेशनमा उपसभापतिको उम्मेदवार बन्ने घोषणा गरेका छन्।

विराटनगरमा आज पत्रकार सम्मेलन गर्दै आचार्यले मंसिर २४–२६ सम्म हुने १४ औं महाधिवेशनमा उपसभापतिमा उम्मेदवारी दिने घोषणा गरेका हुन् ।

उम्मेदवारीको घोषणा गर्दै आचार्यले कांग्रेसमा वैचारिक हिसाबले विचारशून्य बन्दै गएको, सैद्धान्तिक(वैचारिक छलफल हुन छोडेको बताए। आचार्यले भने, कांग्रेसको विधान, नीति र प्रशिक्षणहरूको नेतृत्व गर्न आफू उपसभापति पदमा उम्मेदवारी दिन लागेको छु ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV