१८ मंसिर २०७८, शनिबार

काठमाडौँ । कोरोना भाइरसको महामारीका कारण बार्सिलोना र बायर्नबीचको खेल बन्द रंगशालामा हुने भएको छ । संक्रमण बढेपछि च्याम्पियन्स लिग अन्तर्गत बायर्न म्युनिख र बार्सिलोनाबीचको खेल बन्द रंगशालामा गरिने भएको हो र ।

पछिल्लो सातादेखि जर्मन क्षेत्र बाभेरियामा कोरोना भाइरसको संक्रमण तीव्र गतिमा फैलिएकाले दुई टोलीबीचको खेल दर्शकविना हुने भएको हो ।

च्यम्पियन्स लिग अन्तर्गत समूह चरणको छैटौँ खेल बायर्ननको घरेलु मैदानमा खेल्नेछ । दुई टोलीबीचको खेल ९ डिसेम्बरमा हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV