१८ मंसिर २०७८, शनिबार

पर्वत । पर्वतमा बस र ट्याक्टर जुध्दा हुँदा एकको मृत्यु भएको छ । त्यस्तैगरी दुर्घटनामा परि २३ यात्रु घाइते भएको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ ।

मध्यपहाडी लोकमार्गअन्तर्गत कुश्मा नगरपालिका–८ परादीमा शनिबार बिहान बस दुर्घटना भएको हो । जिल्ला प्रहरी कार्यालय पर्वतका अनुसार मृत्यु हुनेमा विशाल लामिछाने रहेका छन् ।

मृतक लामिछाने उदयपुर जिल्लाको चौदण्डीगढी नगरपालिका–२ स्थायी घर भएका बताइएको छ । १८ वर्षका उनी मध्यपहाडी लोकमार्गमै कार्यरत सडक मजदुरको रूपमा काम गर्दै आएको प्रहरीको भनाइ छ ।

शनिबार बिहान विरगञ्जबाट बागलुङतर्फ आउँदै गरेको ग २ ख ००९८ नम्बरको यात्रुबाहक बस र सडक मजदुर लिएर पातीचौरबाट दोबिल्ला आउँदै गरेको को १ च ६४२७ नम्बरको ट्याक्टर आपसमा ठक्कर खाएर दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ ।

दुर्घटनमा घाइते हुनेहरुको पर्वतकै विभिन्न अस्पतालहरुमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV